मजदुर युवा र क्रान्तिकारिता
अमर श्रमजीवी
र्सवहारा शक्तिहरुको निम्ति कुनै त्यस्तो समय र भौगोलिक स्थान हुदैन, जहाँबाट यस्को पक्षमा रहेको संगठन तथा संस्थाहरुले आफ्नो क्रियाकलाप सञ्चालन गर्न सक्दैनन् ।
विभिन्न सामाजीक, राजनैतीक, आर्थिक तथा सांस्कृकि क्रान्तिहरुको भोगोलिक तथा अन्य पृष्ठभुमीलाई रणनैतीक, कार्यनैतीक र सगठनात्मक गतिविधिद्धारा उचित गन्तव्यमा अवतरण गर्राई र्सवहारा वर्गको हितमा समयसापेक्ष समायोजन गराउनु कम्युनिष्टहरुको एक महत्वपर्ूण्ा विषय हुन्छ । यस्ता कार्यको लागी भौगोलिक, राजनैतीक, सामाजीक, सांस्कृतीक एवं अन्य विविध तवरले पिछडिएका वर्गहरुलाई जनचेतना जगाई मुक्तीको लागि अग्रसर बनाउनु जरुरी हुन्छ । किनभने मुक्तिको अभिलासामा रहेको वर्गसमुदायलाई वर्ुर्जुवा नोकरशाही वर्गहरुले विशाल जनसमुदायमा भ्रम फैलाई उनिहरुको क्रन्तिकारी चेतनाको पृष्ठभुमीमा खेलवाड गरिरहेका हुन्छन् । तिनीहरुको पञ्जावाट फुस्कार्इं राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवार बनाई राज्य संचालनमा प्रत्यक्ष संलग्न गराउन त्यति सजिलो हुदैन, त्यसरी नै सांगठनिक गतिविधिहरु विभिन्न रणनैतीक हिसावले चलाउन पर्ने हुन्छ ।
क्रान्तिकारी चेतनाले सचेत, राष्ट्र र राष्ट्रियताप्रति वफादार लाखौको संख्यामा विदेशिएका नेपाली यूवाहरु गोलबद्ध हुन जरुरी छ । बेरोजगारीको पीडाले पील्साएको हाम्रो यो पीढीले अब स्वदेशमा रोजगारीको अवस्था सिर्जना गर्नै पर्दछ । प्राकृतिक सम्पदाले भरीपर्ूण्ा हाम्रो देशको राज्यसक्ता वर्ुजुवा राजनीतिमा सीमित रही कुनैपनि क्ष्ेात्रमा औधोगिक विकास नभएको कुरा सबैलाई विदितै छ । प्रसस्त औधोगिकी करणका पर्ूवाधारहरु विद्यमान हँुदाहँुदै पनि देशका यूवा वर्गहरु विदेश पलायन हुनु नालायकी राज्यसक्ताको उपज हो यस्ता शोषक र सामन्तिहरुको वहुलवादी तथा नोकरशाही राज्यसक्ताको नामेट गरी दलाल तथा नोकरशाही पुँजीपतिको सम्पति जफत गरी औद्योगिक विकासमा लगानी गर्नुपर्दछ । जातिय शोषण र उत्पीडन, पीतृसतात्मक शोषण लगायत सबै प्रकारका शोषण र उत्पीडनको अन्त्य गरी पर्ूण्ा निरपेक्ष नेपालको समुन्नत विकास हुनर्ुपर्दछ । फलत औद्योगिक विकासले प्रत्येक नागरीकलाई रोजगारीको ग्यारेण्टी हुनसक्छ । स्वदेश तथा विदेशमा श्रम अनुसारको ज्याला निर्धारण हुनसक्छ । यस्ता विविध आवाजहरुलाई आत्मसाथ गर्दै कुरीति र कुव्यवस्थालाई जरैसँग उखेली जनगणतान्त्रिक नेपालको स्थापनामा औद्योगीक क्रान्तिलाई सफलीभुत वनाउनु नै प्रवासी क्रान्तिकारी सगठनहरुको एक गन्तव्य हुनपर्दछ । कम्युनिष्ट क्रान्तिकारी संगठनहरु र्सवथा, अचूक र अपरिवर्तनशिल रहन सक्दैनन । र्सवहारा मजदुर वर्गको वर्गसंर्घष्ाका स्थितिहरु विकासका निरन्तर चलिरहने प्रक्रियामा हुने परिवर्तनमा अधिनस्य हुन्छन । समय र परिस्थिती अनुकुल विभेदिकरणका सीमाहरु प्रति विशिष्टिकरण कायम गर्दै र्सवहाराको अग्रदस्ता संगठनले खोजी गनर्ुपर्छ । हिजोका दिनहरुमा साम्यवादी राज्यव्यवस्था स्थापना गरी नयाँ नेपालको दिशानिर्देशमा संर्घष्ारत हुँदाहुँदेै थुप्रै विजयका अनुभुतिमा रमाइरहेका क्रान्तिकारी योद्धाहरु दुस्मनले चलाएका ठुलठुला अपरेशनहरु प्रति प्रतिरोधात्मक र आक्रामक शैलीले जवाफ दिनेहरु विभिन्न कारण विदेश पलायन भएका छन । पाटीपंक्ति भित्रैका मान्छेहरु अवसरवादी बनी जनताको बिश्वासमा घात गरी पनि पलायन भएका छन । विदेशको अनुभव र संर्घष्ाले क्रान्तिकारी छलाङ्ग मारेकाहरुपनि थुप्रै छन । प्रत्येकको वास्तविकता पहिचान गरी एकवद्ध हुनपर्दछ । नयाँ नेपालको निर्माणमा यूवाशक्तिको संलग्नता नभएमा वर्ुजवाहरुको हालीमुहाली हुने कुरामा दुइमत छैन । यस सम्भावित खतरावाट राष्ट्रलाई जोगाउन युवाहरु एकजुट हुनपर्दछ । जुन समुन्नत नेपालको पर्ुवाधार पनि हो । प्रवासमा धेरै मजदुरहरु शोषित र पीडित छन, कतै संगठनका नाममा कतै दलालीहरुबाट कतै कम्पनिवाट कतै कम्पनिले बनाएका चम्चेहरुबाट र धेरै; सम्बन्धित राज्यसक्ताको र ठाउँविशेषको वैदेशिक जनशक्तिप्रतिको नितीबाट । मजदुर वर्गहरुले विभिन्न स्थानबाट उचित रणनितीलिई यिनीहरुको शोषण र दमनबाट मुक्ति पाउनु पर्छ । यसकोलागी स्वयं जागरुक हुनुपर्ने देखिन्छ । किनभने यस्ता विविध वस्तुस्थितीको बारेमा स्पस्ट जानकारी हुदाहुदै पनि सम्वन्धित निकाय मौन छ । अझै दुतावासका कर्मचारीहरु पीडितलाई डर र त्रास देखाई लुट्नमै व्यस्त छन । संघ,संगठनहरु -अपवादवाहेक) उद्धारको नारामा मजदुरलाई नैै भ्रम फिँजाई मजदुरमारा काम गरी व्यक्तिगत मुनाफा जुर्टाईरहेका छन । सस्तो लोकप्रियताको रणनितीले लुटिरहेका छन । नयाँ नेपालका संवाहकहरुलाई समूहगत एकताको भावनामा चोट पुर्याईरहेका छन आखिर यस्को जिम्मेवारी कस्को - संसोधनवादी र अवसरवादीहरु सजिलै पन्छिने छन् जिम्मेवारीबाट । त्यसैले अब सबैतिर क्रान्तिकारीहरुले मजदुरको पक्षमा अझ सशक्त भएर एकबद्ध हुन जरुरी भएको छ । अराजकताका पक्षपोषकहरु अवसरको पर्खाईमा हुन्छन्, यिनीहरु हाम्रो देशमा मात्र होइन सबैतिर उक्तिकै मात्रामा रहेका छन । जनयुद्धको समय र चरण, नेपाली समाजमा भएका अग्र्रगामी रुपान्तरणको भीषण उथल-पुथलकारी, रक्तरञ्जित, ऐतिहासिक र अविस्मरणिय रहे । जुन तरङ्ग अहिले प्रवासमा चलिरहेको छ जसको उचित अनुसन्धान र तथ्यगत जानकारीबाट सम्वन्धित सवैलाई विषयवस्तुको विश्लेषण अनुसार जागरुक बनाउनु पर्दछ । लाखौको संख्यामा विदेशिएका युवाहरुनै नयाँ नेपाल निर्माण र संवाहकका परिचालक हुन् । त्यसैले अग्रगमनको लागि समाजका 'कू' हरुप्रति सजगरही उनिहरुको क्रियाकलाप रोकथाम तथा नियन्त्रणमा लाग्नु जरुरी हुन्छ । समाज तथा राष्ट्रको आमुल परिवर्तन गर्ने क्रान्तिकारी संगठनको विरुद्धमा अवसरवादी तथा संसोधनवादीहरु टीका टीप्पणी र आलोचना गर्ने गर्दछन । जुन पराजीत मानसिकताको उपज हो, यस्ता खाले टीका टीप्पणीबाट क्रान्तिकारीहरुलाई सांगठनिक पे्ररणा मिल्न जान्छ ।
वास्तविकता भन्दापनि रंगिन कुराहरु गर्नु उनीहरुको धर्म पनि हो । संसोधनवादी र अवसरवादीहरु संगठनलाई शुद्ध व्याक्तिकेन्द्रित भएर हर्ेदछन् । व्यक्ति प्रधान बनाएर विषयवस्तुलाई प्रधानता दिनु वर्ुर्जुवा वर्गहरुको विशेषता हो । त्यसैले आजका युवा पीढीले यस्तो कार्यहरु बुझ्न र यथार्थता तर्फपाइला चाल्न अति नै आवश्यक छ । जसले भविष्यसम्म देश र जनताको पक्षमा वकालत गर्न सकोस् । माओको जनवादी क्रान्तिदेखी महान र्सवहारा सांस्कृतिक का्रन्तिसम्म वहाको जोड थियो की समाजका कु तत्वहरुको बारेमा एक पटक होइन सयौ पटकसम्म जनतालाई एकै कुरा भनिरहन पर्छ । नोकरशाही पुँजीपतर्ीवर्ग र त्यसका हिमायतीहरुको वास्तविकतासँग सचेत नहुने हो भने जुनसुकै क्रान्ति पनि गन्तव्यमा पुग्न सक्दैन, प्रतिक्रान्तिको खतरा उत्पन्न हु्न्छ । हुनत वर्गीय क्रान्तिमा प्रथम चरणमा उपेक्षा र उपहासको पात्र बनिनु कुनै नौलो कुरा होइन । दलाल, शोषक र सामन्तिहरुको झुण्डको वास्तविकता मजदुरहरुले नबुझेसम्म क्रान्ति लाई तिरस्कृत वनाउँछन् । र आज प्रवासमा पनि त्यस्तै टिप्पणी र उपेक्षाका श्रृखलाहरुले क्रान्तिकारीहरुको मनोवलमा ह्रास आउने क्रियाकलाप गर्छन र गर्दैछन । यस्ता क्रियाकलापबाट विचलित नभई मजदुर वर्गहरु दृढ हुनर्ुपर्दछ । पाखण्डीहरुलाई संकिर्ण्र को रेखामाथि पुर्याउन समय लाग्ने भएकोले धर्ैय गर्न सक्न पर्छ । मजदुर मुक्ति र स्वतन्त्रताले नै देशको उन्नती हुन्छ । साम्यवादी राज्यसक्तामा जनगणतान्त्रिक नेपालको निर्माण नै मजदुरको पक्षमा हुने हुनाले औधोगिक क्रान्तिको पर्ुवाधारको लागी प्रवासी मजदुरयुवाहरु सामुहिक नेतृत्वमा संगठित हुनुपर्ने चर्को युवा आवस्यकता छ ।
क. माओका अनुसार विचार सही वा गलत हुनुले सबै चीजको निर्धारण गर्दछ । विचार सही छ भने आफुसँग नभएको चीजपनि प्राप्त हुन्छ, विचार गलत भएभने आफुसँग भएको चीजपनि गुम्छ" बैचारिक प्रवृक्ति विचार र विचार निर्माणसँग नेतृत्व, संगठन, योजना तथा कार्यान्वयन पक्ष अभिभाज्यरुपले गाँसिएका हुन्छन । नेतृत्व संगठन र योजना विना विचार निर्माण हुने कुराको कल्पना गर्नसम्म पनि सकिदैन । यदि कोही गर्छ भने त्यो संसोधनवाद हुन्छ । विचारसँग नेतृत्व, योजना, संगठन र योजनालाई भिन्न तुल्याएर बुझ्ने बिर्सजनवादी प्रकृतीको पहिचान गर्न निर्मम वैचारीक संर्घष चलाउने र गलत प्रवृतिमाथी विजय हासिल परिपक्वता ज-जसले हासिल गर्न सक्छन् , तिनले मात्र विचार निर्माणमा सहयोग पुर्ाउँछन् । त्यसैले सही र खोटो बिचारहरु युवा वर्गले बिश्लेषण वर्नर्ुपर्छ । बिचारको आलोकमा बस्तुबादी र वैज्ञानिक योजना निर्माण गर्न नेतृत्व र मनोगतवादी योजना र बिचार निर्माणको योजना छु्ट्टाउन पर्छ । विश्व साम्राज्यवादलाई चुनौतीको रुपमा रहेको विश्वमै अतिवादीको सोचमा परिवर्तन गर्नसमेत सफल हुदैछ । त्यसैले हामी जहाँ छौ जस्तो स्थितीमा छौ त्यहीवाट क्रान्तिकारी दिशामा अगाडी वड्न पर्छ । १२ जना चिनियाँ मान्छेहरुले १९२१ मा कम्युनिष्ट पार्टर््ठन गरेर विश्वसामु कम्युनिज्मको परिचय दिएको वास्तविकताबाट प्रेरणा लिनपर्ने हुन आएको छ । वर्ग, क्रान्ति, संगठन प्रति सजग इमान्दार र कर्तब्यनिष्ठ भई मजदुर वर्गको हितकोलागी साम्यवादी नयाँ नेपालको पृष्ठभुमीमा औद्योगिक क्रान्तिको महान दिशामा निर्दिष्ट हुनु स्वदेशी तथा प्रवासी मजदुरको प्रमुख लक्ष्य हुनु आवष्यक छ ।
मजदुर वर्गको दैनिक संर्घष्मा उचित नेतृत्वको आवष्यकता पर्दछ । हरेक पक्षहरुलाई सकारात्मक सोचको आवस्यकता पर्दछ । निहित स्वार्थ लिप्साले संगठनको जिम्मेवारी प्रति घातगर्ने तत्वपनि घुल्नसक्छ जे भएतापनि संगठन श्रमिक आन्दोलनको लागी तत्पर, साहसी, दुरदर्शी र बुद्धिमानी पर्ुवक नेतृत्व चयन गनुपर्ने हुन्छ । र सोहि अनुसार नेतृत्व परिचालित हुनपर्दछ । जसको लागी श्रमीक आन्दोलनको चरणमा कामको समय, श्रमको र्सतहरु, परिश्रमीक र श्रमको अवस्था आदिका बारेमा मजदुर र पुँजिपतिका विचका संर्घष हरुमा मजदुर वर्गको उद्देश्यको रक्षा गर्नुपर्दछ । यस्ता प्राथमिक कार्यहरुको कुशल सम्पादनले मात्र मजदुर वर्गको मुक्तिमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिने भएकाले शोषकका विरुद्धका शोषितहरुका दैनिक संर्घष्ाहरु र विवादहरुमा सम्पर्ुण्ा संगठनका आत्मवलिदानीपर्ुण्ा र सचेतन सहभागिता विजयका निम्ति मात्र होइन, त्यो भन्दा अझ माथिल्लो तहको र्सवहाराको अधिनायकत्वलाई क्रियान्वित गर्न आवश्यक हुन्छ । सङ्गसङ्गै क्रान्तिकारी सगठनको आवस्यकताको नाममा संगठितभई निस्कृय भाव अपनाउनु मजदुर वर्गकै लागी ठुलो घात हुनजान्छ । मजदुरहरुका मागहरु जतिसुकै साना र साधारण भएपनि साना र साधारण ठान्न हुन्न । र असहभागिताको लागी निहुँ बनाउनु पनि हुदैन । फेरी विभिन्न सिद्धान्त र परिस्थितीका नाममा मजदुरहरुको विरोध गर्नु मर्ूखतापर्ुण्ा हुन्छ । हाम्रो देशको अग्रगामी परिवर्तन भनेको गणतान्त्रिक साम्यवादी नेपालमा औैद्योगिक समुन्नत नेपाल नै हो । यसको भाव तथा मर्म जुनसुकै नेता तथा राज्यव्यवस्थाले तिरस्कार गर्न खोजेमा मजदुर्रवर्गले भीषण जनयुद्धको तयारी गनुपर्ने अवस्था सिर्जना हुन्छ । पराजित मानसिकताको उपज आज वर्ुजवा र प्रति क्रियावादीहरुले तर्राईमा हिंसा भड्काएपनि आखिरमा शाश्वत सत्यवाट मजदुरहरु सचेत हुने नै छन । मजदुरहरुको अर्थ र आवश्यकता मजदुरी गर्नेले नै बुझेका हुन्छन । विभिन्न क्षेत्रको शिप, कलामा दक्ष लाखौको संख्याम प्रवासमा रहेका युवाहरु अझ वढी दक्ष बनि स्वदेश र्फकदा उनिहरुले आफ्नो सिपको प्रयोग गर्न उचित कलकारखाना र उद्योगको विकास अति नै आवस्यकिय हुन्छ । प्राकृतिक सम्पदाले सजिएको नेपाललाई अझै सुन्दर र उन्नत बनाउन यिनै मजदुरहरुको लगावको आवश्यकता पर्ने कुरा अकाट्य छ । त्यसैले हाम्रो शिप, कला र दक्षताले मातृभुमीलाई उन्नत बनाउन हामी मजदुरयुवाहरु आफै संघर्सशील हुनपर्छ । संगठीत हुनपर्छ । आज मजदुरको कारणले भित्राएको रेमिट्यान्सले राज्यसक्ता संञ्चालनमा ठूलो टेवा पुगेको छ । हाम्रो शिप र प्राप्त दक्षताले रुग्ण अवस्थामा रहेको नेपाल आमालाई मुक्ति दिलाउने पर्छ । यसकोलागी जस्तोसुकै कठोर युद्धपनि छेड्नै पर्छ । यो समग्र देश र जनताप्रति मजदुर युवावर्गको कर्तव्य पनि हो त्यसैले देशको उन्नत भविष्यकोलागी मजदुरहरु संकीर्णता भन्दा टाडारही क्रान्तिकारी चेतनाले प्रेरित भई संगठित हुन जरुरी छ।