आजको 'युवादस्ता' र नेपाली क्रान्ति
भनिन्छ, देशको सम्पूर्ण जनसंख्याको पूर्णः हिस्सा युवाहरूको छ । यो जनशक्ति नै मुलुकको रक्षा, विकास र पहिचानको आधार हो । मेरूदण्डरुपी युवा जनशक्तिको सही सदुपयोग गर्ननसक्ने मुलुकको न रक्षा हुन्छ, न विकास, न पहिचान नै रहन्छ । त्यस्तो मुलुक कालान्तरमा रहँदैन । जहिलेसम्म रहन्छ त्यतिन्जेल पनि त्यसको विकास, पहिचान नरहे बराबरै हुन्छ । नेपाल पनि करबि त्यस्तै स्थितिबाट गुज्रँदै असफल राष्ट्रको दर्जामा पुग्दै पहिचान गुमाउन लाग्दा युवाहरूले यसको हात थाम्नेछन् ।यसको अस्तित्व त धानिएको छ, तर रक्षा र विकासको प्रश्न अझै समाधान भएको छैन । युवा क्रान्तिकारीहरूले त्यस्तो समाधान पनि अघि सारेका त छन्, तर सम्पूर्ण युवाहरू यो समाधानबारे सचेत र सहमत हुने कि नहुने, प्रश्न गम्भीर ढंगले खडा छ ।
को हुन् ती युवाहरू ? जसले मुलुकको गुम्नलागेको पहिचान र अस्तित्व बचाएका छन् । र के हो त्यो उपाय जसले मुलुकको रक्षा र विकासलाई सुनिश्चितता प्रदान गर्ने हैसियत राख्छ, अनि को हुन् के हुन् ती हर्कतहरू जसले मुलुकलाई विदेशी दाशता र पराधिनताको सिकार बनाए ? हामी यस आलेखमा यिनै प्रश्नहरूको सही उत्तरबारे चर्चा गर्नेछौँ ।
पहिले पहिलो प्रश्नतिर जाऊँ । मुलुकको पहिचान र अस्तित्वमाथि खेलवाड गर्ने तिनै हुन् जसले नागरकि हकमाथि निरन्तर बलात्कार गरे, बुटबजारे, संगीन रोपे, र बन्दुक ताके । विदेशस्वार्थअघि घुँडा टेके, राष्ट्रिय सिमाको रक्षा गर्नुसट्टा आफ्नो माटोको बिक्रीमा कवाफ डकारे, आफ्ना चेलीहरूको अस्मिता माथिको बलात्कारमा सुरापान गरे। देशको युवाशक्तिको पलायनबाट प्राप्त रेमिट्यान्सले स्वदेशमा महल बनाए र विदेशमा खाता खोले । ती कपुतहरू अझैपनि जीवित छन् तर आज तिनैले आफ्नो रुप बदलेका छन् । रुप फेरँिदैमा वस्तुको सार फेरँिदैन । भेँडाको छाला ओड्दैमा ब्वाँसो भेँडा हुँदैन । आखिर मौका हेरी ब्वाँसोले भँेडाको सिकार गरछिाड्छ । किनकि ब्वाँसोको धर्मनै मौकाहेरी भेँडाको सिकार गर्नु हो ।सवाल यो हो कि तत्व बुझेर पनि नबुझेकोझँै गर्नु वा नबुझाउनु दोष हो कि ? दोष ब्वाँसोको छैन, बुझ पचाउनेको हो ।
यहाँ प्रतिमान भेँडा अघिसार्दा भ्रम हुन सक्छ । भँेडा आखिर पशु हो । पशुको के दोष ? भन्ने प्रतिप्रश्न उठ्न सक्छ । तर प्रश्न त भँेडाको हैन, मानिसको हो, जनताको हो । प्रश्न ब्वाँसाको हैन, शासकहरूको हो, शोषकहरूको हो । शासनको सार शोषणमा टिकेको हुन्छ । शासनसत्ताको लामो इतिहास झुटो इतिहास हो । इतिहास जनताले निर्माण गर्छन् । त्यसको माग शासकहरूले गर्दैै आएका छन् । यो उल्टो परम्परालाई सुल्टाउनु वर्गसचेत जनताको कर्तव्य हो । इतिहास र सभ्यताको भोग जनताले नै गर्न पाउनुपर्छ । यसका निम्ति इतिहासदेखि वर्तमानसम्म जनताको तहबाट थुप्रै त्याग, बलिदान र वीरताका कृतिमानहरू खडा छन् । तिनलाई स्वणिर्म अक्षरमा लेख्नुपर्छ, गीत बनाएर गाउनुपर्छ, संस्कृति बनाएर व्यवहार गर्नुपर्छ । तब मात्र जनताको सच्चा इतिहास स्थापित गर्न सकिन्छ ।
त्यस्तो इतिहास रचना गर्ने विवेक युवा जनहरूमा मात्रै हुन्छ । त्यस्तो गीत बनाएर गाउने कलाकार पारखी र गलाका धनी युवाहरू मात्रै हुन्छन् । त्यस्तो नवीन संस्कृतिको संरचना गर्ने र जीवन व्यवहारमा लागुगर्न सक्ने नैतिक र भौतिक शक्ति एवं सामथ्र्य पनि पूर्ण जनतासँगै हुन्छ । युवाहरूले नै भेँडारुपी ब्वाँसाशासकलाई पार्ने एम्बुस थाप्न सक्छन् । युवाहरूले नै तिनका छालाउतारी सक्कली स्वरुपमा उदाङ्गो तुल्याउन सक्छन् । के १०४ वर्षसम्म जहानियाँ शासन थोपर्ने राणाशासकहरूलाई नङ्गयाउने वीरतापूर्ण कर्मगर्ने दशरथचन्द, धर्मभक्त, गंगालाल र शुक्रराजहरू युवा थिएनन् ? अनि ३० वर्षे निरंकुश पंचायती शाहीराज र त्यही राजाको नयाँ संस्करण स्वरुप ०४६ देखि ०६३ सम्म संसदवादी दलहरूकापालनहार ज्ञानेन्द्रराजलाई जंगल धपाउने जनयुुद्ध र जन - आन्दोलनहरूका १०,००० भन्दा बढी वीर सहिदहरू युवा थिएनन् ?
हो तिनै वीर, बहादुरहरू, युवाका जीवित अनुयायीहरू हुन् जसले मुलुकलाई असफलराष्ट्र हुनबाट जोगाए, देशको अस्तित्व बचाए, देशको अस्तित्व बेचेर र बन्दकी राखेर शासनगर्नेहरूलाई धुलो चटाए, जंगल धपाए र धुलो चाटेका र जंगल धपाइएका प्रेतात्माहरूको पीडाबाट मुलुकलाई र मुलुकवासीलाई निश्चिन्त गराउन अर्कोबलिदानी गररिहेकाछन् र आवश्यक बलिदानीका खातिर फेरपिनि तयार छन् । ती हुन् देशका वर्गसचेत युवा कम्युनिष्ट क्रान्तिकारीहरू ।क्रान्तिकारी युवा संगठन तिनै युवा कम्युनिस्ट क्रान्तिकारीहरू युवासापेक्ष संगठित राजनीतिक संगठनहो जसले ०६, ०२८, ०३८, ०४६, ५२, ०६३, र अब ०६६/०६७ को क्रान्तिकारी सामाजिक रुपान्तरण आन्दोलनको निरन्तरतालाई प्रतिनिधित्व गर्छ । आज तिनै युवाहरू २४० को संख्यामा संविधानसभामा सदस्य छन् । तिनैको नेतृत्वमा नौ महिनासम्म देशले नेतृत्वपायो । लोकपि्रय र दीर्घकालीन राष्ट्रिय नीति तथा कार्यक्रम अघिसारेपछि देशी विदेशी षड्यन्त्रस्वरूप संस्थाको खेलमा ऊ अहिले प्रतिपक्ष भूमिकामा छ । देशले एक कदममात्रै अग्रगतिलिनपनि उसैका नीतिगत एजेन्डाविना सम्भव नभैरहेको स्थितिमा आज मुलुकको निकाशको एकमात्र सर्त बनिरहँदा सिंगो शक्ति अर्को आन्दोलनको आँधीवेरीको तयारीमा जुटिरहेको छ । थप वीरता, बहादुरी र बलिदानीका निम्ति आफ्नो विवेकको पौरख गररिहेको छ । त्यही विवेक, वीरता, बहादुरी र बलिदानीनै देशको रक्षा, विकाश र विपुलताको भावी विरासत हुनेछ ।
आजको विश्वमा युवाजनमत पुरानो वर्गसमाज युगान्त र नयाँ- वर्गविहीन युग निर्माणको सपनालाई विपनामा रूपान्तरण गर्न व्यग्र छ । कुनैपनि युगको समय हुन्छ । अबको समय पुँजीवादी युग समाप्तीको समय भएर आएको छ । आदिम साम्यवादको स्थान दास-मालिक युगले, दास-मालिक युगको स्थान सामन्ती युगले र सामन्ती युगको स्थान पुँजीवादी युगले लिएजस्तै पुँजीवादी युगको स्थान अब साम्यवादी युगले लिने दिन नजिकिएको छ र त्यसको आगमनलाई स्वागत गर्न विश्वका क्रान्तिकारी युवाहरू अग्रपंक्तीमा उभिएका छन् ।समयको काल गयो पुँजीवाद आज पतनको स्थितिमा छ । विश्वका लाखौं र करोडौं युवाहरू आज बेरोजगार भैरहेकाछन् । उत्पादन र वितरणमा रहेको असन्तुलन अर्थात् पँुजीवादको विशेषतामा चुलिएको अराजकताको स्वाभाविक परिणाम स्वरुप आज विश्व अपूर्व आघातबाट गुजि्रएको छ । सेयर बजार सुकेका छन्। विश्वमा प्रतिदिन ७ देखि १० हजारको संख्यामा मजदुरहरू बेरोजगार भएर सडकमा पुगिरहेका छन् । विगत ६ महिनादेखिको यो क्रमलाई मात्रै गणना गर्ने हो भने प्रतिमहिना ३ लाख र ६ महिनामा १८ लाखका दरले मानिसहरू बेरोजगार हुँदैजाँदा पुँजीवादलाई आफ्नो सत्ता बचाइराख्न अब धेरै दिन सम्भव छैन ।आफ्नो चरत्रिअनुुसार उसले अब गर्ने भनेको हालसम्म थुपारएिका सहकारी शस्त्रअस्त्रहरूको सहारामा द्वन्द्व, युद्धहरू मञ्चन गर्ने र तिनै बेरोजगार युवाहरूलाई प्रयोग गरेर कमजोर मुलुकहरूका श्रोत र सभ्यतामाथि थप कब्जा गर्ने मात्रै हो जहाँ लाखौँ र करोडौँ युवाहरूको, जनसमुदायहरूको, राष्ट्र र राज्यहरूको नाम र निशाना मेटिने छ । यो तथ्यलाई आजका युवाहरूले विशेषतः लामो राजनीतिबाट गुजि्रएका नेपाली क्रान्तिकारी युवाहरूले राम्रोसँग बुझेका छन्, देखेका छन् । करोडौँ युवाहरूकोही पनि शोषणकारी पँुजीवादको बचाउका निम्ति सतिजान सक्तैनन् ।युवाको स्वभाव सहजीवन, शान्ति र संवृद्धिको पक्षपोषण गर्ने हुँदा बरु ती उल्टै पुँजीवादका मलामी बन्नेछन् ।
लेनिन भन्नुहुन्छ, कुनैपनि राजनैतिक संगठन आफ्नो लागि राजनैतिक प्रभुत्व कायम गर्ने प्रयासमा हुन्छ । हाम्रो पनि उद्देश्य क्रान्तिकारी सर्वहारावर्गको अधिनायकत्व स्थापित गर्नु हो अव देश हाँक्ने जिम्मा युवाहरुको हो यसको नेतृत्व क्रान्तिकारी सचेत युवाहरुले गर्नुपर्छ ।
No comments:
Post a Comment