सर्लाही, अषाढ पतिको मृत्यु भइसकेकी सालीले आफूसंग दोस्रो बिबाह गर्न नमानेको झोंकमा भिनाजुले मंगलबार बेलुका सालीको १ वर्षीय छोराको घाँटी थिचेर हत्या गरेका छन् । भक्तिपुर गाबिस-६ का हुलास माझीले छिमेकमै बस्ने साली ललितादेवीको काखको छोरा रोशनको हत्या गरेका हुन् । मजदुरी गरेर ५ वर्षीय एक छोरी र काखको छोरा पालन पोषण गर्दै आएकी ललितादेवीले आफ्नै भिनाजुले आफूमाथि बज्रपात गर्लान भन्ने सोचेकी समेत थिइनन् ।
काखे छोरा हेर्ने जिम्मा छोरीलाई दिएर जिविकोपार्जनका लागि मजदुरीका लागि अर्काको धान रोप्न गएकी ललिता र्फकंदा छोराको हत्या भइसकेको थियो ।
'मेरै भिनाजुले छोरीको हातबाट खोसेर खेलाउँछु भनेर लगेको रहेछ,' बुधबार जिल्ला प्रहरी कार्यालय मलंगवामा रुंदै पुगेकी ललिताले भनिन, 'जंगल जस्तो एकान्त ठाउँमा लगेर घाँटी थिचेर मारेछ ।'
घर पुगेर छोरा खोज्दा नभेटेपछि छोरीमार्फत हुलासले लगेको थाहा पाएको ललिताले बताइन् । राती अबेर सम्म खोज्दा पनि नभेटेपछि गाउँलेले हुलासलाई समातेर कुटपिट गरेका थिए । कुटपिट लगत्तै उनले हत्या गरेर फ्यालेको स्थान देखाएका हुन् । मृतक बालक फेला पर्नासाथ गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले हत्या आरोपमा हुलासलाई पक्राउ गरि अनुसन्धानका लागि हिरासतमा राखेको छ । उनले हत्या आफूले गरेको स्वीकारेका छन् ।
हिरासतमा रहेका हुलासले सालीले बिहे गर्न नमानेको रिसमा रोशनको हत्या गरेको कान्तिपुरलाई बताए । 'आबेशमा आएर हत्या गरें,' उनले भने, 'बच्चाको कारण कुनै समस्या थिएन तर, त्यतिखेर दिमागले काम गरेन् ।'
सन्काहा स्वभाबका हुलास गाउँमा झै झगडा र कुटपिट गर्ने ब्यक्तिको रुपमा चिनिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्ष्ाक लालबाबु साहले पक्राउ लगत्तै हुलासले बालक हत्या स्वीकारे र कर्तब्य ज्यानमा कारबाही चलाइने बताए । कान्तिपुर
No comments:
Post a Comment